site stats
बाह्रखरी :: Baahrakhari
खेल
साउदी अरेबियाविरुद्ध पहिलो हाफमा रोकियो नेपाल

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको छ । 

शुक्रबार भुटानको चिङलिमिथाङ रंगशालामा नेपालले प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफ बराबरीमा समाप्त भएको हो । 

खेलको ३६औँ मिनेटमा प्राप्त पेनाल्टी अवसरलाई नेपालले सदुपयोग गर्न सकेन । नेपालकी फरवार्ड मिना देउवाले प्रहार गरेको पेनाल्टी पोस्टको बायाँ पोलमा लागेर मैदानमा फर्किएको थियो । 

प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यस समूहमा नेपालसँगै उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन् ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्