काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को पहिलो दिनमै बिवाईडीले सरप्राइज दिएको बीवाईडी एट्टो–१ (बीवाईडी सिंगल)मा ग्राहक झुम्मिएका छन् ।
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले देशकै बहुप्रतिक्षित विद्युतीय ह्याचब्याक बीवाईडी एट्टो–१ (बीवाईडी सिंगल) भदौ २१ गते सार्वजनिक भएको थियो ।
नाइमामा सार्वजनिक गरिएको यो मोडेल सहरी विद्युतीय यातायातमा ठूलो परिवर्तन ल्याउने अपेक्षा कम्पनीको छ । विश्वव्यापी रूपमा बीवाईडी डल्फिन मिनी वा डल्फिन सर्फ नामले चिनिने एट्टो–१ ले विश्व कार पुरस्कारमा सन् २०२५ को विश्व सहरी कार अवार्ड जितिसकेको कम्पनीको दाबी छ ।
नेपाली बजारमा सार्वजनिक भएपछि नाइमा एक्स्पोमा बीवाईडी एट्टो–१ प्रति ग्राहकको आकर्षण छ ।
साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठका अनुसार यो विद्युतीय सवारी मात्र नभई सहरी जीवनशैली र हरित भविष्यका लागि डिजाइन गरिएको क्रान्तिकारी कम्प्याक्ट हो ।
बीवाईडीको अत्याधुनिक ई–प्लेटफर्म ३.० मा बनेको एट्टो–१ मा ब्लेड ब्याट्री र सेल–टु–बडी (सीटीबी) प्रविधिजस्ता नवीन प्रविधि प्रयोग गरिएको छ । जसले गाडीको संरचना र सुरक्षालाई थप मजबुत बनाएको कम्पनीले बताएको छ ।
बिवाईडीका अनुसार नेपालमा एट्टो–१ दुई भेरियन्टमा उपलब्ध छ ।
डाइनामिक भेरियन्टमा ३०.०८ किलोवाट–घण्टा ब्याट्री छ । जसले एकपटकको चार्जमा २३० किलोमिटरको डब्लूएलटीपी दिन्छ । प्रिमियम भेरियन्टमा ३८.८८ किलोवाट घण्टा ब्याट्री छ । जसले ३०० किलोमिटरको यात्रा सजिलै गर्न सकिन्छ । यी मोडेलको मूल्य क्रमशः २८ लाख ९५ हजार रुपैयाँ र ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
नाइमा एक्स्पोमा बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले विशेष अफरसमेत ल्याएको छ । यसमा नगद छुट, एक वर्षको निःशुल्क अटो प्लस बिमा, ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको विस्तारित वारेन्टी, निःशुल्क एसेसरिज र १० वर्षसम्मको एप जडान सेवा प्रदान गरिनेछ ।
बीवाईडी एट्टो–१ को सार्वजनिकसँगै साइमेक्स इन्कले नेपाललाई सफा, स्मार्ट र दिगो यातायाततर्फ लैजाने जनाएको छ । कम्पनीका अनुसार मोडेल छिट्टै नै नेपालकै सबैभन्दा लोकप्रिय कम्प्याक्ट विद्युतीय सवारी बन्नेछ ।