देश
काठमाडौं । धादिङमा गजुरीस्थित पृथ्वी लोकमार्ग अवरुद्ध भएको छ । गजुरी गाउँपालिका–६, जहरेखेतस्थित पृथ्वी लोकमार्ग अवरुद्ध भएको हो ।
आज बिहान ६:१० बजे सडक माथिबाट रुखसहित पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
दैलेखको आठबिस नगरपालिका–४, खिड्कीज्युलानजिकै कर्णाली राजमार्ग पनि अवरुद्ध भएको छ ।
बिहान ६:४० बजे सडकमाथिबाट पहिरो आउँदा सडक पुरिएको प्रहरीले जनाएको छ ।
गुल्मीको सत्यवती गाउँपालिका–६, उल्लीखोलास्थित रुद्रवेणी–वामी सडकखण्ड पनि अवरुद्ध भएको छ । बिहान साढे ६ बजे डहरेखोलाको पानीको बहाव बढी रुद्रवेणी–वामी सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२ ०८:०५
प्रतिक्रिया दिनुहोस्