site stats
बाह्रखरी :: Baahrakhari
देश
अवकाशको १० दिन बाँकी रहँदा एसपी भण्डारीले दिए राजीनामा

काठमाडौं । अवकाशको १० दिनअघि नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) नवीनकृष्ण भण्डारीले पदबाट राजीनामा दिएका छन् । गण्डकी प्रदेश प्रहरी गण पोखरामा कार्यरत भण्डारीले ३० वर्षे सेवा अवधि पूरा हुनुभन्दा १० दिनअघि राजीनामा दिएका हुन् ।

गृह मन्त्रालयले मंगलबार (साउन २०) उनको राजीनामा स्वीकृत गरिसकेको छ । उनको खाली दरबन्दीमा डीएसपी वीरेन्द्र थापालाई बढुवा गर्न सिफारिस गरिएको छ । भण्डारीको राजीनामापछि पटक–पटक बढुवामा छुट्दै आएका थापा सिफारिसमा परेका हुन् ।

प्रहरी जवानबाट सेवा थालेका भण्डरीले ०६१ सालमा इन्स्पेक्टरमा नाम निकालेका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्