site stats
बाह्रखरी :: Baahrakhari
खेल
भुटानविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती ११ सार्वजनिक

काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटअन्तर्गत भुटानविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती ११ सार्वजनिक गरिएको छ ।

बुधबार (साउन २१) नेपाली टोलीका प्रशिक्षक यमप्रसाद गुरुङले विर्सना चौधरीको कप्तानीमा भुटानविरुद्ध खेल्ने नेपाली टोलीको पहिलो रोजाइ सार्वजनिक गरेका हुन् । खेल नेपाली समयानुसार भुटानको थिम्पुस्थित चिङलिमाथाङ रंगशालामा ५ः४५ बजे सुरु हुनेछ । 

छनोटमा नेपाल समूह ‘बी’मा छ । समूह ‘बी’मा उत्तर कोरिया, आयोजक भुटान र साउदी अरब पनि छन् । 

छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आउँदो वर्ष आयोजना गरिने एएफसी यू–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ ।

नेपाली टोली–
पूर्णिमा राई, मीना देउवा, सुक्रिया मिया, विर्सना चौधरी, सुशीला केसी, सेनु परियार, गंगा रोकाया, सिम्रन राई, माया मास्के, अनिशा राई र गोलकिपरमा लीला जोशी छिन् ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्