site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भिसाको नेपाल व्यवसाय प्रमुखको जिम्मेवारी मनोज थापालाई

काठमाडौं । डिजिटल भुक्तानी सेवाप्रदायक भिसाले काठमाडौंमा आफ्नो नेपाल कार्यालय औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । भिसाको नेपाल कार्यालयको सञ्चालनले नगदरहित अर्थतन्त्रतर्फको देशको यात्रालाई समर्थन गर्ने कम्पनीको दीर्घकालीन प्रतिबद्धतालाई जोड दिने जनाइएको छ ।

यो रणनीतिक कदमले डिजिटल भुक्तानीमा पहुँच फराकिलो पार्ने र उपभोक्ता र व्यापारी दुवैका निम्ति निर्बाध, सुरक्षित वित्तीय समाधान प्रदान गर्ने लक्ष्य राखिएको छ ।

भिसाले नेपाल प्रमुखका रूपमा मनोज थापालाई नियुक्त गरेको छ । थापाले स्थानीय साझेदारीलाई सुदृढ र देशको आवश्यकता पूरा गर्न सुरक्षित, नवीन डिजिटल भुक्तानी समाधानका कार्यलाई तीव्र पार्ने विषयमा केन्द्रित हुने बताए । उनले भिसामा बंगलादेश, नेपाल र भुटानका निम्ति कन्ट्री म्यानेजर सब्बीर अहमदलाई रिपोर्ट गर्नेछन् ।

यो घोषणाको बारेमा टिप्पणी गर्दै भिसाका बंगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, “हामी काठमाडौंमा एउटा कार्यालयको साथ नेपालमा भिसाको उपस्थिति घोषणा गर्न पाउँदा उत्साहित छौँ । भिसाको नेतृत्व टोलीमा मनोजलाई स्वागत गर्न पाउँदा म पनि खुसी छु । उहाँको नियुक्तिले भिसाको जारी प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ । एक सुरक्षित र सुलभ डिजिटल भुक्तानी पूर्वाधार निर्माण गर्ने भिसाको विश्वव्यापी दृष्टिकोणलाई रणनीतिक रूपमा अगाडि बढाउनेछ ।”

नेपालमा जन्मेका मनोजले यूके र भारतमा शैक्षिक र व्यावसायिक अनुभव हासिल गरेका छन् ।

भिसा २०० भन्दा बढी देश र क्षेत्रमा उपभोक्ता, व्यापारी, वित्तीय र सरकारी निकायबीचको लेनदेनको सुविधा प्रदान गर्ने डिजिटल भुक्तानी सेवाप्रदायक संस्था हो ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्