अर्थ व्यवसाय
काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयर (आईपीओ) साउन २८ गतेदेखि निष्कासन गर्ने भएको छ ।
कम्पनीले एक लाख ४५ हजार २०० कित्ता सेयर अंकित मूल्य १०० रुपैयाँमा वैदेशिक रोजगारीमा गएकाहरूका लागि निष्कासन गर्न लागेको हो ।
कम्पनीले कुल १४ लाख ५२ हजार कित्ता साधारण निष्कासन गर्न लागेको छ । जसमध्ये १० प्रतिशत हुन आउने सेयर वैदेशिक रोजगारीमा गएकाहरूका लागि छुट्याएको हो ।
कम्पनीले निष्कासन गरेको सेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम सात हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आवेदनको समय भदौ १ गतेसम्म रहनेछ । यस अवधिसम्म मागबमोजिम आवेदन नपरे भदौ ११ गतेसम्म आवेदन खुला रहनेछ ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२ १२:३८
प्रतिक्रिया दिनुहोस्