site stats
बाह्रखरी :: Baahrakhari
देश
कालीगण्डकी करिडोरसहित विभिन्न सडकमा आवतजावत अवरुद्ध
फाइल तस्बिर ।

गुल्मी । कालीगण्डकी करिडोरको तीन खण्डसहित गुल्मीका चार स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालयुका सूचना अधिकारी गंगाबहादुर सारुका अनुसार कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिकाका  वडा नं १, २ र ३  स्थित  गरगरे, राक्से र कनौटामा आज बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

 रिडी–वामीटक्सार सडकअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोला, चन्द्रकोट गाउँपालिका–८ तल्लाफाँट र रिडी–खज्र्याङ सडक पनि अवरुद्ध भएको छ । 

तीन दिनदेखि गुल्मीसहित आसपास क्षेत्रमा निरन्तर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । निरन्तर वर्षाका कारण कालीगण्डकी नदी किनारमा पानीको सतह बढ्दै गएको छ ।

जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ । रासस

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्