site stats
बाह्रखरी :: Baahrakhari
देश
सन्धिखर्क–गोरुसिंगे र जयपृथ्वी राजमार्ग अवरुद्ध
फाइल तस्बिर ।

काठमाडौं । सन्धिखर्क–गोरुसिंगे सडकखण्ड अवरुद्ध भएको छ ।  अर्घाखाँची शितगंगा नगरपालिका–२ सीतापुरस्थित सन्धिखर्क–गोरुसिंगे सडकखण्ड अवरुद्ध भएको हो । 

आज बिहान ५ : ४५ बजे अर्घाखाँची शितगंगा नगरपालिका–२ सीतापुरस्थितसन्धिखर्क–गोरुसिंगे सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । 
 
बैतडी पाटन नगरपालिका–८ झ्याउलेकस्थित जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ । 

गएराति २ : ५० बजे पाटन नगरपालिका–८ झ्याउलेकस्थित जयपृथ्वी राजमार्गमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  ०८:१७
प्रतिक्रिया दिनुहोस्