site stats
बाह्रखरी :: Baahrakhari
देश
इकुमा पहिरो, अरनिको राजमार्ग अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पुनः अवरुद्ध भएको छ । भोटेकोसी गाउँपालिका–२, कोदारीमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

आइतबार (साउन १८) बिहान करिब ५ः२० बजे उक्त स्थानस्थित इकुमा पहिरो खसेको हो । अविरल वर्षासँगैको पहिरोले बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा यसपालि केहीपटक पहिरो खसिसकेको छ । पहिरो पन्छाएर सडक पुरानै अवस्थामा फर्काउने गरिँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०६:३९
प्रतिक्रिया दिनुहोस्