site stats
बाह्रखरी :: Baahrakhari
देश
जाजरकोटमा नलगाढ खोला सतर्कता तह पार
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । वर्षासँगै जाजरकोटमा शनिबार (साउन १७) राति बाढी आएको छ । रौलाखेतमा नलगाढ खोलाको जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

खोलामा पानीको बहाव बढ्दो क्रममा छ । तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“साउन १७ गते, राति १०ः५३ बजे । जाजरकोट जिल्लास्थित नलगाढ, रौलाखेत जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

wfsdg-1754155836.jpg
 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  २३:१५
प्रतिक्रिया दिनुहोस्