काठमाडौं । ब्रान्ड इन्फिनिक्स नेपालले प्रयोगकर्ताको अनुभवलाई अझ समृद्ध बनाउने र आफ्ना उपभोक्तालाई मनको शान्ति दिने दुई नयाँ ग्राहककेन्द्रित घोषणा गरेको छ । कम्पनीले विस्तारित वारेन्टी र एकपटक नि:शुल्क स्क्रिन रिप्लेसमेन्ट अफर सार्वजनिक गरेको हो ।
विस्तारित वारेन्टी
अबदेखि सबै इन्फिनिक्स उपकरणहरूमा १८ महिनाको विस्तारित वारेन्टी उपलब्ध हुनेछ । सबै नयाँ इन्फिनिक्स मोडेलहरूमा उपलब्ध यो सुविधा ब्रान्डको गुणस्तर, भरपर्दोपन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई झल्काउँछ । अब उपभोक्ताहरूले आफ्नो डिभाइसको थप सुरक्षासहित इन्फिनिक्स स्मार्टफोनका सबै विशेषताहरू आत्मविश्वासका साथ प्रयोग गर्न सक्नेछन् ।
एकपटक निःशुल्क स्क्रिन रिप्लेसमेन्ट अफर
वारेन्टी सुविधाको अतिरिक्त, इन्फिनिक्सले एकपटकको निःशुल्क स्क्रिन रिप्लेसमेन्ट अफर पनि ल्याएको छ । हट ५०आई, स्मार्ट १०, स्मार्ट १० प्लस, जीटी२० प्रो, जीटी३० प्रो, र नोट ५०एक्स तथा अन्य सबै नयाँ मोडेलहरू खरिद गर्ने ग्राहकहरूले यो सुविधा पाउनेछन् । उपकरण सक्रिय भएको मितिबाट १०० दिनभित्र एकपटक निःशुल्क स्क्रिन रिप्लेस गराउन सक्नेछन् ।
यो योजना २०८२ असार १७ देखि कात्तिक १४ गतेसम्म (१ जुलाई–३१ अक्टोबर २०२५) लागु हुने कम्पनीले जनाएको छ ।
इन्फिनिक्स स्मार्टफोनहरू बान्ड २० प्रविधिसहित आउने बताइएको छ । सबै इन्फिनिक्स उपकरणमा १८ महिनाको वारेन्टी हुने बताइएको छ ।