site stats
बाह्रखरी :: Baahrakhari
देश
नारायणी नदीको पुलबाट हामफालेर दुईजना बेपत्ता
फाइल तस्बिर ।

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर दुईजना बेपत्ता भएका छन् । एकजना मंगलबार बिहान पुलबाट र अर्को साँझतिर हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालकाअनुसार मंगलबार साँझ ७:४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता भएकी हुन् । “साँझ पुलबाट हामफालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ,” उनले भनिन्, “बिहान हामफालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ ।” 

बिहान पुलबाट हामफाल्ने किशोर गैँडाकोट–५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिइन् । रासस

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्