site stats
बाह्रखरी :: Baahrakhari
देश
बउलीगाडमा बाढी, सतर्कता अपनाउन आग्रह
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बझाङमा वर्षासँगै बउलीगाड नदीमा मंगलबार (साउन १३) बिहान बाढी आएको छ । बउलीगाडको जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नदीतटीय क्षेत्रमा बाढी र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

“साउन १३ गते, बिहान ०६ः२५ बजे । बझाङ जिल्लास्थित बउलीगाड नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकोले नदीतटीय क्षेत्रमा बाढीको र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

wefmgd-1753759488.jpg
 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ०९:०९
प्रतिक्रिया दिनुहोस्