site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुलीको सम्पर्कविहीन परिवार सदस्यको ‘लोकेसन’ रामेछापमा देखियो
उर्मिला हायुको घर ।

काठमाडौं । सिन्धुलीको सम्पर्कविहीन एक परिवार सदस्यको ‘लोकेसन’ रामेछापमा देखिएको छ । यही साउन ९ गते रामेछापमा ती सदस्यको ‘लोकेसन’ देखिएको प्रहरीले जनाएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेप्टाको उक्त परिवारका १६ जना कसैलाई केही नबताई गाउँबाट सम्पर्कविहीन भएका थिए । उनीहरूको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

“सम्पर्कविहीन परिवारको खोजीकार्य जारी छ । ९ गते रामेछाप पुगेको लोकेसन देखिएको छ,” एक प्रहरी अधिकृतले बाह्रखरीसित भने ।

उर्मिला हायुको परिवार पालेका कुखुरा, बाख्रा, भैँसी अलपत्र छाडेर सम्पर्कविहीन बनेको सिन्धुलीका प्रहरी प्रमुख एवं एसपी लालध्वज सुवेदीले बताए ।

केही दिनअघि मात्र उर्मिलाले सामाजिक सुरक्षा भत्ता बुझेकी थिइन् । उनीहरू घर छाडेर अन्यत्र गएको सिन्धुली प्रहरीले आशंका गरेको थियो ।

उक्त परिवार १८ जनाको हो । परिवारका दुई सदस्य भने यसअघिदेखि काठमाडौंमा रहेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्