site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुपाल्चोकमा सबैभन्दा बढी, यी स्थानमा भयो भारी वर्षा

काठमाडौं । देशमा पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा बढी पानी परेको छ । यो अवधिमा सिन्धुपाल्चोकको नुर्पुगाउँमा १२९ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले सोमबार (साउन १२) बिहान करिब ११ बजे सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

“अहिले वाग्मती र गण्डकी प्रदेशका धेरैजसो जिल्लामा पानी परिरहेको छ,” महाशाखाले भनेको छ, “अन्य प्रदेशका एक–दुई ठाउँमा पनि पानी परिरहेको छ ।”

आइतबार (साउन ११) साँझयता काठमाडौंसहित धेरै स्थानमा पानी परेको छ । धनकुटाको त्रिवेणीमा ११२.८ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

नुवाकोटमा ८६, काठमाडौंको पानीपोखरीमा ८४.४, लमजुङको घरेढुंगामा ८२.२ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।

इलामको माईपोखरीमा ७१.८, कास्कीको लामापाटनमा ६९.८ मिलिमिटर वर्षा भएको छ । पूर्वदेखि पश्चिमसम्मका अरू केही स्थानमा पनि ५० मिलिमिटर आसपास पानी परेको महाशाखाले जनाएको छ ।

मधेस प्रदेशसहितका तराई भूभागमा भने खासै वर्षा भएको छैन ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास छ । र, पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको महाशाखाले जनाएको छ ।

asdfkgmdg-1753683416.jpg
 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्