site stats
बाह्रखरी :: Baahrakhari
देश
बर्दियामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । बर्दियामा शनिबार (साउन ११) राति भारी वर्षा भएको छ । दौलतपुर र आसपास क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यहाँका खोलामा पानीको बहाव बढ्न सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

“साउन १० गते, राति ०९ः४५ बजे । पछिल्लो एक घण्टामा बर्दिया जिल्लास्थित दौलतपुर वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना खोलाहरूमा जलसतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  २२:०९
प्रतिक्रिया दिनुहोस्