देश
पाल्पा । पाल्पामा अरिंगालले टोकेर एक महिलाको मृत्यु भएको छ । रामपुर नगरपालिका–२, सेरामा अरिंगालले टोकेर ५७ वर्षीया दानुकुमारी रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी पवनकुमार भट्टराईले बताए ।
उनका अनुसार, अरिंगालले टोकेर घाइते भएकी रावतलाई उपचारका निम्ति लुम्बिनी मेडिकल कलेजमा ल्याइएकामा मृत्यु भएको हो । घरनजिकैको सामुदायिक वनमा स्याउला काट्ने क्रममा उनलाई कालो अरिंगालले टोकेको थियो ।
अरिंगालको टोकाइबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका निम्ति रामपुर अस्पताल लगिएको थियो । थप उपचारका निम्ति लुम्बिनी मेडिकल कलेजमा ल्याइएको थियो । शनिबारै उनको शव परीक्षण गरी परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
प्रकाशित मिति: शनिबार, साउन १०, २०८२ २०:३४
प्रतिक्रिया दिनुहोस्