site stats
बाह्रखरी :: Baahrakhari
देश
सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

वीरेन्द्रनगर (सुर्खेत) । सुर्खेतमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१२, नेवारेमा घाँस काट्ने क्रममा करेन्ट लागेर घाइते भएका दम्पतीको उपचारका क्रममा मृत्यु भएको हो ।  

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, ५५ वर्षीय धनीराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्याय आफ्नै घरमा विद्युतीय मेसिनमार्फत घाँस काटिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

शुक्रबार बिहान घाइते भएका दुवैलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको थियो । करेन्ट लागेर घाइते भएका उनीहरू दुवैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डीएसपी) मोहनजंग बुढथापाले बताए । 

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । प्रारम्भिक विवरणअनुसार घाँस काट्ने विद्युतीय मेसिनमा रहेको विद्युत् लाइनमा समस्या आएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । रासस

 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  २१:०३
प्रतिक्रिया दिनुहोस्