site stats
बाह्रखरी :: Baahrakhari
देश
कहाँ कहाँ परिरहेको छ पानी ?
फाइल तस्बिर ।

काठमाडौं । हाल वाग्मतीसहित विभिन्न प्रदेशमा वर्षा भइरहेको छ । देशभर साधारणयता बदली भई कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

पछिल्लो एक घण्टामा परेको पानीको विवरण अनुसार, तनहुँको विमलनगरमा ५१.२ मी.मी र ताप्तलेजुङमा ४१.६ मी.मी वर्षा भएको छ ।

पछिल्लो एक घण्टामा तनहुस्थित बन्दीपुर र विमलनगर वर्षामापन केन्द्रहरू तथा ताप्लेजुङस्थित दोभान र ताप्लेजुङ वर्षामापन केन्द्रहरूसहित आसपासका क्षेत्रमा मध्यम वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाव केही बढ्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १८:५५
प्रतिक्रिया दिनुहोस्