site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
फ्रन्टलाइन हस्पिटल र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र फ्रन्टलाइन हस्पिटलबीच बैंकका ग्राहक तथा कर्मचारीलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले संयुक्तरूपमा हस्ताक्षर गरे ।

फ्रन्टलाइन हस्पिटल काठमाडौं महानगरपालिकाको वाड नम्बर १० बानेश्वरमा छ । यस हस्पिटलमा प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकले १० प्रतिशत छुट पाउनेछन् ।

प्रभु बैंकले नेपालभर ३१२ शाखा कार्यालय, २८६ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १४:२४
प्रतिक्रिया दिनुहोस्