काठमाडौं । एनसेलले विद्यार्थीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको ‘सधैँ अन रिन्युअल’ योजनाहरू सञ्चालनमा ल्याएको छ । २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका सबै विद्यार्थीहरूलाई लक्षित यो स्टार्टर योजना अफरले सुलभ दरमा मनोरञ्जनका साथै दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्दछ ।
करसहित ३९९ रुपैयाँ र सोभन्दामाथिका मासिक शुल्कमा उपलब्ध हुने यी योजनाहरूमा अनलिमिटेड फेसबुक, टिकटक, युट्युब, लाइन्सगेट प्लेमा निःशुल्क प्रिमियम सामग्रीको पहुँच, अनलिमिटेड नाइट डेटा र प्याकमा समावेश अन्य सेवाहरू पाइन्छ ।
उदाहरणका लागि ३९९ रुपैयाँको सधैँ अन रिन्युअल प्लानमा विद्यार्थीहरूले ३० दिनको लागि ३९९ मिनेट अल नेपाल कल टक टाइम, आठ जीबी डेटा र ३९ वटा अल नेपाल एसएमएस बन्डल भएको सेवाहरू पाउँछन् । त्यसैगरी यदि विद्यार्थीहरूले ५९९ रुपैयाँको सधैँ अन रिन्युअल लिएमा उनीहरूले ५९९ मिनेट अल नेपाल टक टाइम, २० जीबी डेटा र ५९ वटा अल नेपाल एसएमएस सेवाहरू पाउँछन् ,
यो योजनाअन्तर्गतको सिम वा ई–सिम लिन विद्यार्थीहरूले आफ्नो पासपोर्ट साइजको फोटो, विद्यार्थी परिचयपत्र र आफ्नो वा आमाबुवाको नागरिकताको प्रतिलिपीसहित नजिकको कुनै पनि एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकोमा जान सक्छन् ।
विद्यार्थीहरूलाई सुलभ मूल्यमा सेवाका साथै मनोरञ्जनका लागि विभिन्न सुविधासहित यो अफर ल्याउन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ । ‘सधैँ अन रिन्युअल’ अन्तर्गतको यो स्टार्टर योजनाले विद्यार्थीहरूलाई आफ्नो डिजिटल यात्रा आफ्नै सिमबाट सुरु गर्न सहयोग गर्ने, उनीहरूलाई सधैँ अन राख्ने र साथीभाइ, परिवारका सदस्यहरूसँग सम्पर्कमा रहीरहन ठूलो भूमिका खेल्ने विश्वास एनसेलले लिएको छ ।