site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
डेढ घण्टामा नौ अर्बको सेयर कारोबार

काठमाडौं । सेयर बजार लगातार उकालो लागेसँगै दैनिक कारोबार रकम पनि बढ्दै गएको छ । ११ बजे खुलेको बजारमा १२ बजेर ३० मिनेट जाँदासम्म साढे एक घण्टमा नौ अर्ब चार करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

उक्त अवधिमा दुई करोड दुई लाख ३४ हजार ४२२ कित्ता सेयर खरिदबिक्री भएको छ । सो अवधिमा ट्रेड टावर र सान्भी इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । ट्रेड टावरको सेयर मूल्य प्रतिकित्ता ५८९ रुपैयाँ ३० पैसा पुगेको छ । सान्भी इनर्जीको सेयर मूल्य ५२५ रुपैयाँ ४० पैसा पुगेको छ ।

मंगलबार २० अर्ब आठ अर्ब ५३ करोडको सेयर खरिदबिक्री भएको थियो ।

हालसम्मको सर्वाधिक मूल्यको सेयर कारोबार गत वर्ष साउन ३१ गते भएको थियो । यो दिन २९ अर्ब ९५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

saun7-nepse-12-1753253712.jpg
 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्