site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
कालीगण्डकी करिडोर फाइल तस्बिर ।

गलकोट । वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१० दब्ल्याङमा गएराति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिए । 

उक्त खण्डमा यातयात सञ्चालन ठप्प भएको छ । 

वर्षाका कारण कालीगण्डकी करिडोरको बलेवा खण्डको छहरेमा सडक अवरुद्ध भएको छ । 

अवरुद्ध सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको सूचना अधिकारीले पाण्डेले बताए । करिडोरसँगै बलेवा–कुशिमसेरा सडक पनि पूर्णरूपमा अवरुद्ध भएको छ । रासस

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  ०७:५०
प्रतिक्रिया दिनुहोस्