site stats
बाह्रखरी :: Baahrakhari
देश
मकवानपुरस्थित लाल बकैया नदी सतर्कता तह पार
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मकवानपुरस्थित लाल बकैया नदी मंगलबार साँझ सतर्कता तह पार भएको छ । जुरेली बजार जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । नदीको तल्लो तटीय आसपासका क्षेत्रमा रहनेले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

"साउन ६, साँझ ६:५० बजे । मकवानपुर जिल्लास्थित लाल बकैया नदी, जुरेली बजार जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय आसपासका क्षेत्रमा रहनुहुनेहरूले आवश्यक सतर्कता अपनाइराखौँ," विभागले जारी गरेको सूचनामा उल्लेख छ । 

 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १९:१०
प्रतिक्रिया दिनुहोस्