site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘ट्रान्सफर विन्डो’प्रति आर्सनल प्रशिक्षक अर्टेटा सन्तुष्ट

काठमाडौं । इंग्लिस क्लब आर्सनलका मुख्य प्रशिक्षक माइकल अर्टेटाले नयाँ सिजनका निम्ति क्लबले अनुबन्ध गरेका खेलाडीप्रति सन्तुष्टि व्यक्त गरेका छन् । सोमबार अर्टेटाले क्लबले अनुबन्ध गरेका सबै खेलाडी उत्कृष्ट रहेका बताएका हुन् । 

“क्लबले महत्त्वपूर्ण खेलाडीहरूलाई अनुबन्ध गरेको छ । सबैको मानसिक स्थितिले फरक प्रदर्शन दिनेछ । हामीले खोजेको पनि यही नै हो । हामीले टिममा चाहेको आवश्यकतालाई क्लबले प्राथमिकतामा राखेकामा सन्तुष्ट छु,” अर्टेटाले भने ।

हाल प्रिसिजन एसिया टुरमा रहेको आर्सनलले सिंगापुरमा बुधबार इटालियन क्लब एसी मिलानविरुद्ध खेल्ने तालिका छ ।

आर्सनलले नयाँ सिजनका निम्ति इंग्लिस क्लब चेल्सीबाट गोलकिपर केपा अरिजाबालागा, विंगर नोनी म्याडुके, ब्रेन्टफोर्डका मिडफिल्डर क्रिस्टियन नोगार्ड र स्पेनिस क्लब रियाल सोसिडाडबाट मार्टिन जुबिमेन्डीलाई भित्र्याएको छ ।

इंग्लिस प्रिमियर लिगको पछिल्लो संस्करणमा क्लब उपविजेता बनेको थियो । लिग विजेता लिभरपुलसँग आर्सनल १० अंकले पछि परेको थियो । आर्सनलले ३८ बाट ७४ अंक जोडेको थियो । गत सिजन आर्सनलले २० जित, १४ बराबरी र चार हारको नतिजा आत्मसात् गरेको थियो ।

क्लबले सन् २०२५–२०२६ सिजनको प्रिमियर लिगको सुरुआत अगस्ट १७ मा म्यानचेस्टर युनाइटेडसँग खेलेर गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १२:४५
प्रतिक्रिया दिनुहोस्