देश
चितवन । सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार गएराति खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बोलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गएराति नै मृत्यु भएको हो । रासस
प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२ ०८:३०
प्रतिक्रिया दिनुहोस्