site stats
बाह्रखरी :: Baahrakhari
खेल
महिला फुटबलमा खेलाडीमाथि रंगभेदी दुर्व्यवहार बढ्यो : लुसी ब्रोन्ज

काठमाडौं । इंग्ल्यान्डको राष्ट्रिय महिला टिमकी रक्षक लुसी ब्रोन्जले महिला फुटबलमा खेलाडीमाथि रंगभेदी व्यवहार बढेको बताएकी छन् । सोमबार ब्रोन्जले महिला फुटबलले चर्चा पाउन थालेसँगै खेलाडीमाथि रगंभेदी दुर्व्यवहार बढेको बताएकी हुन् । 

“प्रतियोगिता जति ठूलो, त्यति धेरै हल्ला आउँछ । समर्थक पनि ठूलो संख्यामा आउँछन् । तर, त्योभन्दा बढी आलोचक छन् । हामी आलोचकप्रति सकारात्मक छौँ । तर, दुर्व्यवहारप्रति होइन । विशेष गरी, महिला फुटबलमा अनलाइन दुर्व्यवहार झन् गम्भीर हुँदै गएको छ,” ब्रोन्जले भनिन् ।

ब्रोन्जल सन् २०१३ देखि इंग्ल्यानडको राष्ट्रिय महिला टोलीमा छन् । ब्रोन्जले इंग्ल्यान्डको राष्ट्रिय उमेर समूहमा पनि स्थान बनाइसकेकी छन् । इंग्ल्यान्डले महिला युरोपियन च्याम्पियनसिप–२०२५ को अन्तिम–१६ स्विडेनलाई पराजित गर्दा उनी प्रमुख खेलाडी थिइन् ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्