site stats
बाह्रखरी :: Baahrakhari
खेल
जापानी स्टार होन्डाको टोलीमा नेपालका रोहित चन्द

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका रक्षक रोहित चन्द एसिया वारियर्सबाट खेल्ने भएका छन् । यो टोली जापानी स्टार काइसुके होन्डाको पहलमा स्थापना भएको क्लब हो ।

एसियाका खेलाडीलाई मञ्च प्रदान गर्ने उद्देश्यसहित स्थापना भएको क्लबले ‘युनिटी बियोन्ड बोर्डर्स’लाई मुख्य नारा बनाएको छ ।

क्लबबाट रोहितले आफ्नो पहिलो खेलसमेत खेलिसकेका छन् । एसिया वारियर्सले इन्डोनेसियाको पर्सिक केडिरीविरुद्ध प्रतिस्पर्धा गर्दा रोहितले पहिलो रोजाइमै मौका पाएका थिए । केडिरी रोहितको पूर्वक्लबसमेत हो ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्