अर्थ व्यवसाय
काठमाडौं । रोटरी काठमाडौं हेरिटेजले वृक्षरोपण तथा वाग्मती सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंंको गुहेश्वरीस्थित वाग्मती नदीको किनार वरपर क्लबले अधिकारसम्पन्न वाग्मती आयोजनाका अभियन्ताको सहयोगमा विभिन्न प्रजातिका १५० बिरुवा रोपेको हो ।
क्लबले यस वर्ष ५० हजार वृक्षरोपण गर्ने लक्ष्य लिएको जनाएको छ । "अहिले विश्वमा बढ्दो तापक्रमले नकरात्मक असर गरिरहेको र वातावरण संरक्षणलाई विभिन्न देशले प्राथमिकता दिँदै आएको सन्दर्भमा नेपालले पनि यसलाई प्राथमिकता दिएर विश्वमा नै उदाहरणीय देश बन्न सक्ने अवसर छ," क्लबले भनेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०८२ १२:५९
प्रतिक्रिया दिनुहोस्