site stats
बाह्रखरी :: Baahrakhari
देश
अत्यावश्यकबाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीको आग्रह
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन समस्त देशवासीमा अनुरोध गरेका छन् । उहाँले मौसमजन्य विपद्‌बाट जोगिन तथा सजग रहन आह्वान पनि गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले आइतबार (साउन ४) दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेकाले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन उनले अनुरोध गरेका हुन् । विभागले जारी गरेको विवरण प्रधानमन्त्रीले सामाजिक सञ्जालमा पोस्ट गर्दै सचेत रहन आग्रह गरेका हुन् ।

“शुभ बिहानी ! मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ । मौसमजन्य विपद्‌बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ । अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु । सुरक्षाकर्मीलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् । रासस

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्