site stats
बाह्रखरी :: Baahrakhari
देश
मौसमी प्रणाली दक्षिण–पश्चिम दिशामा फैलँदै, यी भूभागमा भइरहेको छ वर्षा
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आइतबार (साउन ४) बिहान वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मधेस प्रदेशका थोरै स्थानमा पनि वर्षा भइरहेको छ । कोसी, वाग्मती र कर्णाली प्रदेशका एक–दुई स्थानमा समेत मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

पानी पार्ने मौसमी प्रणाली दक्षिण–पश्चिम दिशामा फैलने क्रममा रहेको भन्दै महाशाखाले उक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ ।

“२०८२ साउन ४ गते, बिहान ९ बजे । हाल  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू, मधेस प्रदेशका थोरै स्थानहरू तथा कोसी प्रदेश, वाग्मती प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ,” महाशाखाको सूचनामा उल्लेख छ, “पानी पार्ने मौसमी प्रणाली दक्षिण–पश्चिम दिशामा फैलिने क्रममा रहेकोले सो क्षेत्र आसपासको क्षेत्रमा सावधानी अपनाउनुहोला ।” 

शनिबार (साउन ३) रातियता देशका कतिपय स्थानमा भारीसम्म वर्षा भएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तर (नेपालनजिक)तिर रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, सोमबार (साउन ५) दिउँसोसम्म मनसुन सक्रिय हुने सम्भावना छ ।

पछिल्लो एक घण्टामा देशभर भएको वर्षा (मिलिमिटर)को विवरण हेर्नोस्–

fdsmg-1752983744.jpg
 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्