site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सबै सरकारी निकायले विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने
फाइल तस्बिर ।

काठमाडौं । सरकारले नगद कारोबार गर्दा हुन सक्ने जोखिम कम गर्न विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउन भनेको छ । बिहीबार अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन सार्वजनिक गरी यो व्यवस्था गर्न सरकारी निकायलाई भनेको छ ।

निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवाप्रदायक र परामर्शदाताको अनिवार्य रूपमा सम्बन्धित बैंक खातामा विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउन उक्त मार्गदर्शनमा भनिएको छ ।

त्यस्तै, पारिश्रमिक, भत्ता, औषधि उपचार, उपदान, सञ्चित बिदा र सामाजिक सुरक्षा भत्ता लगायतका सबै प्रकारका भुक्तानीहरू सोझै बैंक खातामा विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ ।  

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १९:२१
प्रतिक्रिया दिनुहोस्