site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सूर्य नेपालले एक वर्षमा गर्‍यो २९ अर्बको चुरोट व्यापार

काठमाडौं । नेपालमा एकछत्र राज गरिरहेको बहुराष्ट्रिय संस्था सूर्य नेपाल प्रालिले झन्डै २९ अर्ब रुपैयाँको चुरोट व्यापार गरेको छ । गत वर्ष सन् २०२४ मा उद्योगले २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँको विभिन्न ब्रान्डको चुरोट व्यापार गरेको हो । 

सन् २०२३ मा सूर्य नेपालले २८ अर्ब ९९ करोड रुपैयाँको चुरोट व्यापार गरेको थियो । २०२२ मा २७ अर्ब, २०२१ मा उद्योगले २४ अर्ब ४९ करोड रुपैयाँको चुरोट व्यापार गरेको थियो ।

२०२० मा उद्योगको चुरोट व्यापार २४ अर्ब ४७ करोड रुपैयाँ थियो । यस्तै २०१९ मा २५ अर्ब १३ करोड ७० लाख र २०१८ मा २४ अर्ब २२ करोड रुपैयाँको व्यापार गरेको थियो ।

झन्डै २९ अर्ब रुपैयाँको चुरोट कारोबार गरेको सूर्य नेपालले सेयरधनीलाई लाभांश दिँदै आएको छ । 

पछिल्ला दुई वर्षदेखि सूर्य नेपालले लाभांश घोषणा सार्वजनिक गरेको छैन् । २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश घोषणा गरेको थियो । २०२१ मा ९ अर्ब ४१ करोड रुपैयाँ लाभांश दिएको थियो । यस्तै २०२० मा उद्योगले ९ अर्ब ८५ करोड र २०१९ मा ९ अर्ब १३ करोड रुपैयाँ लाभांश दिएको थियो ।

बैंक निक्षेपको रूपमा तरल सम्पत्ति ६ अर्ब ४२ करोड ४० लाख  रुपैयाँ र टि बिल्स १५ करोड १० लाख रुपैयाँ थियो बलियो नगद प्रवाहले गर्दा उद्योगको ऋण सुरक्षा मेट्रिक्स अत्यधिक अनुकूल छ ।

सूर्य नेपालले ५ अर्ब ७५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । कम्पनीको व्यवसायलाई विविधीकरण गर्न होटल व्यवसायमा प्रवेश गर्ने योजना बनाइरहेको छ । उद्योगले राजधानीको बूढानिलकण्ठमा पाँचतारे होटल खोल्ने भनेको लामो समय भइसक्दा पनि सुरु गरेको छैन । 

उद्योगले ३५ वर्षभन्दा बढी समयदेखि नेपालमा चुरोट उत्पादनको व्यवसायमा रहेको छ  । 

उपभोक्ताको रुचि र प्राथमिकताको विस्तृत दायरा पूरा गर्न सूर्य लेजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किंग्स, सूर्य फ्युजन, सूर्य स्लिक बोल्ट, शिखर फिल्टर किंग्स, शिखर आइस जस्ता विभिन्न सफल ब्रान्डहरू उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । यस्तै उद्योगले नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी ब्राण्डको चुरोट उत्पादन गर्दै आएको छ । 

उद्योगको बजारमा उल्लेखनीय हिस्सा र विभिन्न क्षेत्रहरूमा बलियो उपस्थिति रहेको छ । नेपालको अग्रणी कम्पनीहरू मध्ये एक सूर्य नेपालको मुलुकभर फराकिलो वितरण सञ्जाल छ जसमा नेपालभरि फैलिएका आफ्ना उत्पादनहरूका लागि गोदामहरू छन् ।  उद्योगको चुरोट व्यवसायमा अत्यधिक केन्द्रित छ । यद्यपि, सूर्य नेपालले अन्य फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) उत्पादनहरू अगरबत्ती पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनीमार्फत र ब्रान्डेड प्याकेज गरिएका खाद्य उत्पादनहरूमा उद्योग संलग्न छ । यि उत्पादनको कुल सञ्चालन आयमा योगदान कम छ । यसमा सूर्य नेपाल भेन्चर्स प्राइभेट लिमिटेडलाई समावेश गरेको छ । जुन अगरबत्तीको उत्पादन र बिक्रीमा संलग्न छ ।

सन् १९८६ मा स्थापना भएको सूर्य नेपालले चुरोट उत्पादन थालेको ३५ वर्ष भइसकेको छ । सूर्य नेपालमा आईटीसी इन्डिया लिमिटेडको ५९ प्रतिशत सेयर छ ।  ३९ प्रतिशत पूर्वराजा ज्ञानेन्द्र शाह र ६ प्रतिशत सिद्धार्थ राणा र  २ प्रतिशत ब्रिटिस अमेरिका टोबाको लिमिटेडको स्वामित्व छ । 

सूर्य नेपालको मुख्य लगानीकर्ता भारतको आईटीसी लिमिटेडको उत्पादन र सेवाहरूको बिक्रीबाट गत वर्ष ७ खर्ब ३४ अर्ब ६५ करोड भारु आम्दानी गरेको छ ।  

आईटीसीको बजार पूँजीकरण ५१ खर्ब २७ अर्ब ६६ करोड रुपैयाँ छ ।  १९१० मा स्थापित आईटीसी चुरोट, ब्रान्डेड प्याकेज गरिएका खाना, शिक्षा र स्टेशनरी उत्पादनहरू, व्यक्तिगत हेरचाह उत्पादन, अगरबत्ती, होटल, कृषि, पेपरबोर्ड, कागज र प्याकेजिङ व्यवसायमा छ । उद्योग भारतमा सबैभन्दा ठूलो चुरोट उत्पादक र बिक्रेता पनि हो । 
 

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्