site stats
बाह्रखरी :: Baahrakhari
खेल
न्युजिल्यान्डको क्लबमा अनुबन्धित भइन् सावित्रा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा) न्युजिल्यान्डको शीर्ष डिभिजन क्लब वेलिङ्टन फिनिक्समा अनुबन्ध भएकी छिन् ।

सावित्राले वेलिङ्टन फिनिक्ससँग सन् २०२६/२७ को सिजनको अन्त्यसम्मका लागि सम्झौता गरेकी छन् । वेलिङ्टन फिनिक्स न्युजिल्यान्डको क्लब भए पनि अस्ट्रेलियन शीर्ष लिग खेल्दै आएको छ । वेलिङ्टन फिनिक्सले नेपालकी कप्तान सावित्रालाई अनुबन्ध गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएको हो ।

सावित्राले यसअघि फ्रेन्च क्लब एन अभान्ट ग्वेङगाम्पबाट दुई वर्ष खेलेकी थिइन् । साम्बाले फिनिक्समा अनुबन्ध भएपछि बिहीबार बिहान मात्रै फ्रेन्च महिला लिग क्लब ग्वेङगाम्प छोडेको बताएकी थिइन् । फेसबुकमा स्टाटस लेख्दै साम्बाले ग्वेङगाम्पसँगको यात्रा टुंगिएको बताएकी थिइन् ।

“हामीले पछिल्लो दुई वर्ष बिताएको अद्भूत यात्राका लागि धेरै धन्यवाद । हामीले यात्रा दौरान गरेको प्रगतिमा मलाई सदैव गर्व रहनेछ र यसको अर्थ मेरो करिअरमा विशाल रहनेछ,” उनले भनेकी छिन् ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्