काठमाडौं । लेस्टर सिटीले मार्टी सिफुएन्टेसलाई मुख्य प्रशिक्षकको रूपमा अनुबन्ध गरेको छ ।
यसअघि, क्विन्स पार्क रेन्जर्सको प्रशिक्षण सम्हालेका सिफुएन्टेलाई लेस्टरले मंगलबार मुख्य प्रशिक्षकको रूपमा सार्वजनिक गरेको हो ।
लेस्टरले यसअघि गत महिना तत्कालीन प्रशिक्षक रुढ भान निस्टेलरुईसँगको सम्झौता रद्द गर्ने निर्ण गरेको थियो ।
“यो गौरवान्वित इतिहाससहितको उत्कृष्ट क्लब हो । मलाई क्लबको आगामी अध्याय कोर्ने कुरामा सहयोगी बन्न प्रस्ताव गरिनु नै मेरा लागि सौभाग्यको कुरा हो,” सम्झौतापछि सिफुएन्टेसले भने ।
सिफएन्टेसले यसअघि सन् २०२३ मा क्विन्स पार्क रेन्जर्सको जिम्मेवारी सम्हालेका थिए । उनले गत अप्रिलमा क्विन्स पार्कको जिम्मेवारी छोडेका थिए ।
लेस्टरले अगस्ट १० मा सेफिल्डविरुद्ध खेल्दै २०२५–२६ च्याम्पियनसिप सिजनको सुरुआत गर्नेछ ।