site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफ यू–२० च्याम्पियनसिप : मीनाको ह्याट्रिकप्रेरित नेपालको सहज जित

काठमाडौं । मीना देउवाको ह्याट्रिकप्रेरित नेपालले साफ यू–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध ७–० को सहज जित निकालको छ ।

मंगलबार बंगलादेशको बसुन्धार किंग्स एरिनाको प्रशिक्षण मैदानमा सम्पन्न खेलमा नेपाललाई सहज जित दिलाउन मीनाले तीन गोल गरिन् । यस्तै, पूर्णिमा राईले दुई गोल थप्दा समीक्षा मगर र सरिता कुमारीले एक गोल गरिन् ।

नेपालले पहिलो हाफमा ५–० को अग्रता बनाए पनि दोस्रो हाफमा दुई गोलमात्र थप्न सक्यो ।

जितसँगै तीन खेलबाट ६ अंक जोडे पनि नेपाल तालिकाको दोस्रो स्थानमा कायमै छ । नेपालले यसअघि एकमा जित र अर्कोमा हार बेहोरेको थियो ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले भुटानविरुद्ध ६–१ को जित निकालेको थियो । तर, दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भयो ।

यता, श्रीलंकाको भने यो लगातार तेस्रो हार हो । श्रीलंका यसअघि पहिलो खेलमा बंगलादेशसँग ९–१ ले, दोस्रो खेलमा भुटानसँग ५–० ले पराजित भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  २२:२८
प्रतिक्रिया दिनुहोस्