खेल
काठमाडौं । पोर्चुगिज क्लब बेन्फिकाका रक्षक अल्भारो कारेरास स्पेनिस क्लब रियाल मड्रिडमा अनुबन्ध भएका छन् । मंगलबार कारेरास र रियालबीच ६ वर्षका निम्ति सम्झौता भएको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् ।
रियाललले उनलाई ५० मिलियन युरोमा अनुबन्ध गरेको हो । २२ वर्षीय कारेरासले यसअघि सन् २०१७ देखि २०२० सम्म रियाल मड्रिडको एकेडेमीमा बिताएका थिए ।
रियालको एकेडेमी छोडेर इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भए पनि कारेरसले त्यहाँ पर्याप्त ‘गेम टाइम’ पाउन सकेनन् । यसैकारण उनी गत वर्षको जनवरीमा युनाइटेडबाट बेन्फिाकामा अनुबन्ध भएका थिए ।
बेन्फिकाबाट कोरेरासले ६८ खेल खेल्दा पाँच गोल गरे । उनी बेन्फिकाबाट क्लब विश्वकप टोलीमा सहभागी थिए ।
प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२ १५:०८
प्रतिक्रिया दिनुहोस्