site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मौद्रिक नीतिपछि पहिलोपल्ट ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । अधिक तरलता भएपछि मौद्रिक नीतिपश्चात् पहिलोपटक नेपाल राष्ट्र बैंकले आइतबार (असार २९) ५० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । 

हाल कुल निक्षेप ७१ खर्बभन्दा बढी पुगेको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

निक्षेप चुलिँदा आइतबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गरिनेछ । यस दिन बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवाब्याज आउँदो साउन १ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ । यही व्यवस्थाअनुसार केन्द्रीय बैंकले पटक–पटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ । न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्