site stats
बाह्रखरी :: Baahrakhari
देश
जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा

बैतडी । पहिरोले अवरुद्ध बनेको बैतडीको खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको छ । बैतडीको नाचन्थलीनजिक सडकमाथिबाट पहिरो खस्दा शनिबार (असार २८) बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

सडक डिभिजन कार्यालय पाटनको डोजरको सहायतामा पहिरो पन्छाइएपछि दिउँसो ३ बजेदेख बाटो पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलाराम पाण्डेयले जानकारी दिए । रोकिएका सबै सवारीसाधन पहिरो पन्छाइएसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका उनले बताए । रासस

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १७:३५
प्रतिक्रिया दिनुहोस्