site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितपुर महानगरको ६६ प्रतिशत बजेट पूर्वाधार विकासमा

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको कुल बजेटमध्ये ६६ प्रतिशत रकम पूर्वाधार विकासका लागि विनियोजन गरिएको जनाएको छ । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा जानकारी गराउन शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महानगरले कुल बजेटमध्ये ६६ प्रतिशत रकम पूर्वाधार विकासका लागि विनियोजन गरिएको जनाएको हो ।

जसमा पूर्वधार निर्माण तथा सहरी विकास, सम्पदा संरक्षण र राजकुलो, ढुंगेधारा इनारपोखरी तथा हरियाली प्रवर्द्ध रहेको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए । 

सामाजिक विकासका लागि कुल बजेटको २८ प्रतिशत, विपद् व्यवस्थापनका लागि ६ प्रतिशत, सुशासन तथा अन्य क्षेत्रका लागि ३ प्रतिशत र आर्थिक विकास लागि ८ प्रतिशत बजेट विनियोजन गरिएको उनले बताए । 

मेयर महर्जनले चालु आर्थिक वर्ष २०८१/८२ को असार २५ गतेसम्म कुल खर्च ६८.१४ प्रतिशत पुगेको जानकारी दिए ।  सोही अवधिमा राजस्व संकलन ७५ प्रतिशत र बेरुजु शून्य दशमलव ५२ प्रतिशत रहेको महानगरले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्