site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

चितवन । पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१३, गवैका ६८ वर्षीय पदमबहादुर रानामगरको शुक्रबार मृत्यु भएको हो ।

मृतकसहित तीनजना स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्नका लागि शुक्रबार बिहान गएकामध्ये मगर सम्पर्कमा नआएपछि खोजी गरिएको थियो । 

खोजी गर्ने क्रममा दिउँसो बाघको आक्रमणमा परी मृतावस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । रासस

 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १९:०९
प्रतिक्रिया दिनुहोस्