site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव पाँच घण्टादेखि प्रहरी केरकारमै

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई पाँच घण्टादेखि नियन्त्रणमा राखेर सोधपुछ गरिरहेको छ ।

बिहान करिब १० बजे नै उनलाई नियन्त्रणमा लिइएको थियो ।  परिसरका प्रमुख एसएसपी विश्वअधिकारीका अनुसार पूर्वराजाको सचिवालयबाट हुने विभिन्न विज्ञप्तिमा श्री ५ उल्लेख हुने गरेको आधारमा सोधपुछका लागि पाठकलाई ल्याइएको हो ।

प्रहरी अधिकारीका अनुसार पाठकलाई अहिले प्रहरीले उनका आफन्त र बाहिर कसैसँग पनि सम्पर्क गर्न दिइएको छैन ।  परिसरका एसपी अपिल बोहराका अनुसार विभिन्न विषयमा सोधपुछ आवश्यक देखिएपछि उनलाई १० बजेतिर नै बालुवाटारबाट ल्याइएको हो ।

बोहोराका अनुसार उनलाई नियन्त्रणमा लिइएको हो ।

सोधपुछमा संलग्न प्रहरी अधिकारीका अनुसार  पूर्वराजा ज्ञानेन्द्र शाह राजा हुँदासमेत सचिवालयमै बसेर काम गरेका कारण कतिपय कुराहरु आफ्नो चाहनाले मात्रै पनि फेर्न नसकिएको जवाफ प्रहरीलाई दिएका छन् ।

उनलाई सकेसम्म साँझ छाड्ने तयारी प्रहरीको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्