site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिशूली नदी किनारमा पुरुष शव फेला

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोलास्थित त्रिशूली नदी किनारमा एक पुरुष शव फेला परेको छ । अन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

बिहीबार (असार २६) शव फेला परेको हो । शव कसको भन्ने पहिचान भएको छैन । शव भरतपुर अस्पतालमा पठाइएको छ ।

शव यही असार २४ गते रसुवामा आएको बाढीमा बेपत्ता भएका व्यक्तिको हुन सक्ने आशंका गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्