काठमाडौं । सिन्धुपाल्चोकमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोकस्थित चंदर्कु, बाह्रबिसे, चौतारा, गुम्थांग वर्षामापन केन्द्र र आसपासका केन्द्रहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
थप वर्षा हुन सक्ने सम्भावना छ । नदी तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
"असार २५, राति १०:४० बजे । पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोक जिल्ला स्थित चंदर्कु, बाह्रबिसे, चौतारा, गुम्थांग वर्षामापन केन्द्र र आसपासका केन्द्रहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले नदी तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाऔँ," विभागले सूचना जारी गर्दै भनेको छ ।