site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का नवनियुक्त उपकुलपति प्रा. डा. दीपक अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार बालुवाटारमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति अर्यालले शपथ लिएका हुन् ।

कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तलगायत सहभागी थिए । ओलीले सिफारिस समितिबाट आएकामध्येबाट डा. अर्याललाई उपकुलपतिमा नियुक्त गरेका  थिए । 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १७:४१
प्रतिक्रिया दिनुहोस्