अर्थ व्यवसाय
काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले राष्ट्र बैंकले क्षेत्रगत बैंकका लागि नयाँ लाइसेन्स दिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा श्रेष्ठले प्रदेशस्तरमा बैंक खोल्न पाउने नीति राष्ट्र बैंकले लिनुपर्ने बताए ।
तर, कृषि क्षेत्रको विकासका लागि विशेष बैंक ल्याउनुपर्ने उनको भनाइ छ । "अब राष्ट्र बैंकले क्षेत्रगत विकासका लागि बैंकको नयाँ लाइसेन्स दिनुपर्छ । पहिलेका बैंकहरूले गर्न नसकेका काम गर्ने गरी, पूरा गर्ने गरी लाइसेन्स दिनुपर्छ," उनले भने, "प्रदेशस्तरीय बैंकलाई लाइसेन्स दिनुपर्छ ।"
पूर्वउपाध्यक्ष श्रेष्ठले लघुवित्त र वाणिज्य बैंक मर्ज गर्ने नीति लिनुपर्ने पनि बताए ।
प्रकाशित मिति: बुधबार, असार २५, २०८२ ११:५४
प्रतिक्रिया दिनुहोस्