site stats
बाह्रखरी :: Baahrakhari
देश
चिकित्सक आन्दोलनमा, बिचल्लीमा बिरामी

काठमाडौं । उपभोक्ता अदालतको फैसलालाई लिएर चिकित्सक आन्दोलनमा उत्रिएपछि मारमा बिरामी परेका छन् । सोमबादेखि चिकित्सक इमर्जेन्सीबाहेक सबै सेवा ठप्प पारेर आन्दोलनमा होमिँदा वीर अस्पतालको ओपीडी सेवा नै बन्द भएको छ ।

नियमति उपचार गर्न आउने बिरामीले ओपीडी सेवासमेत पाउन नसकेको गुनासो गरेका छन् । बिरामीको रिपोर्टको आधारमा आवश्यक औषधि लेख्ने चिकित्सक नै ओपीडीमा नभेटिएपछि आफूहरू समस्यामा परेको उनीहरूको गुनासो छ । 

नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका छन् । उपभोक्ता अदालतले केही साताअघि अस्पताल र चिकित्सकविरुद्ध फैसला गरेको थियो । तीन अस्पताल र चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने फैसला गरेपछि उनीहरू आन्दोलित बनेका हुन् ।

न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्