काठमाडौं । देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । पश्चिम नेपालमा वर्षा भइरहेको हो ।
अछाम, कञ्चनपुर, जाजरकोट, सल्यान, रकुम पूर्व, कैलालीमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अछामको गोपघाट, ओलीगाउँ वर्षामापन केन्द्र र आसपासमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ । थप वर्षा हुने सम्भावना भएकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बाढी आउनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।
कञ्चनपुरको ज्यामिरखाली, हनुमाननगर वर्षामापन केन्द्र र आसपासमा मध्यम वर्षा मापन भएको छ । थप वर्षा हुने सम्भावना भएकाले सतर्क रहनुपर्ने विभागले जनाएको छ ।
जाजरकोटको डल्ली, रुकुम पूर्वको रुकुमकोट, सल्यानको काभ्रेनेटा र आसपासका वर्षामापन केन्द्रहरुमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ । थप बर्षा हुने सम्भावना भएको विभागले बताएको छ ।
कैलाली बचिला वर्षामापन केन्द्र र आसपासका केन्द्रहरुमा मध्यम वर्षा मापन भएको छ । थप वर्षा हुने भएकाले सो क्षेत्र भइ बहने साना खोलामा आकस्मिक बहावको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन विभागको आग्रह छ