site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक विशेषाधिकार कार्ड सार्वजनिक गर्दै

काठमाडौं । डिशहोमले नेपालको इन्टरनेट र टेलिभिजन क्षेत्रका सेवाग्राहीहरूको अनुभवलाई नयाँ आयाम दिनका लागि आफ्नै ग्राहक सेवा अनुप्रयोग 'माइ डिशहोम एप' मार्फत चाँडै ग्राहक भर्चुअल विशेषाधिकार (प्रिभिलेज) कार्ड नामक विशेष सेवा सुरू गर्ने भएको छ ।

यो सुविधा नेपालमै पहिलोपटक इन्टरनेट र टेलिभिजन क्षेत्रमा ल्याउन लागिएको हो, जसले केवल जडान (कनेक्टिभिटी) मात्र होइन, ग्राहकको दैनिक जीवनशैलीमा थप लाभ पुर्‍याउने लक्ष्य राखेको छ ।

डिशहोम ग्राहक विशेषाधिकार कार्ड पूर्ण रूपमा भर्चुअल हुनेछ, जुन सक्रिय सदस्यता भएका ग्राहकहरूको माइ डिशहोम एपमा स्वचालित रूपमा देखिनेछ । यस कार्डको प्रयोग गरी सेवाग्राहीहरूले विभिन्न साझेदार सेवाहरूमा २५ प्रतिशतसम्मको छुट पाउनेछन् ।

होटेल, क्याफे, रेस्टुराँ, अस्पताल, शैक्षिक संस्था, छाला र स्वास्थ्य केन्द्र, फिटनेस क्लब, मोबाइल सामग्री, इलेक्ट्रोनिक्स पसल, घरायसी उपकरण, सपिङ मल, सवारी साधनका शोरुम लगायतका धेरै क्षेत्रमा डिशहोमले सहकार्य गरेको छ, जसले ग्राहकहरूको दैनिक जीवनलाई अझ सहज र किफायती बनाउनेछ ।

डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले भने, “डिशहोमले उत्कृष्ट डिजिटल मनोरञ्जन र इन्टरनेट सेवा मात्र होइन, सेवाग्राहीको दैनिक जीवनशैलीमा पनि अर्थपूर्ण योगदान पुर्‍याउन चाहन्छ । यो भर्चुअल विशेषाधिकार कार्डमार्फत हामी आफ्ना सेवाग्राहीहरूलाई थप सुविधा दिने डिजिटल जीवनशैलीको परिवेश तयार गर्दैछौँ ।”

यो कार्ड ग्राहकको सदस्यता सक्रिय रहँदासम्म मात्र एपमा देखिने भएकाले सुरक्षित र विशेष रहनेछ । सेवा सुरु भएपछि ग्राहकहरूले माइ डिशहोम एपबाट डिजिटल कार्ड देखाएर सहभागी आउटलेटहरूमा छुटको लाभ लिन सक्नेछन् ।

डिशहोमले सदैव नवीनताको नेतृत्व गर्दै आएको र यो नयाँ पहलले नेपालको डिजिटल जीवनशैली रूपान्तरणको यात्रामा आफ्नो अग्रणी भूमिकालाई थप बलियो बनाउने कम्पनीको विश्वास छ ।

डिशहोमले आफ्ना सेवाग्राहीहरूलाई प्ले स्टोर वा एप स्टोरबाट माइ डिशहोम एप डाउनलोड वा अद्यावधिक गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  २१:२९
प्रतिक्रिया दिनुहोस्